पिसाव पोल्ने समस्या छ ? त्यसो भए यो उपाय अपनाउनुस्

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट, कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् :

पाकेको आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।

गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।

फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..