
काठमाडौैं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले अपमान गरेको भन्दै प्रतिनिधिसभामा नाराबाजी गरिरहेको छ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छराको अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ भन्ने वित्तिकै कांग्रेसले प्रधानमन्त्रीले संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए।
सो क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ बढ्दै बैठक तनाबपूर्ण बनेको थियो। अहिले पनि कांग्रेसको विरोधका बाबजुत सभामुखले सभाको कारवाही अघि बढाएका छन्।