
काठमाडौ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को फाईनल प्रवेशका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
आज हुने पहिलो क्वालिफायर खेलमा दुवै टोली फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रने छ । मुम्बईले लिगका १४ मध्ये ९ खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो ।
प्लेअफमा छनोट हुने पहिलो टिम बनेको चेन्नईले सुरुवाती ८ मध्ये ७ खेलमा जित निकालेको थियो । तर, पछिल्ला तीन हप्तामा उसले ६ खेलमा मात्र दुईमा जित निकाल्न सफल भएको छ । चेन्नेईको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ ।