विभागीय र गण्डकी सेमीफाइनलमा

ताप्लेजुङ । तीन विभागीय र गण्डकी प्रदेश टिम तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेका छन् ।

आज सम्पन्न खेलमा नेपाल पुलिसले प्रदेश ३ लाई २५–११,२४–२६,२५–१५,२५–१४ तथा गण्डकी प्रदेशले विश्वविद्यालयलाई २५–१६,२५–११,२५–१७ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको हो ।

यस्तै एपिएफसँग प्रदेश १ टिम २५–१५,२५–१४,२५–२० र नेपाल आर्मीसँग प्रदेश २ २५–१४,२५–१५ तथा २५–८ को सोझो सेटमा पराजित भएको हो । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी माविको मैदानमा जारी प्रतियोगितामा गण्डकी प्रदेश बाहेक कुनै क्षेत्रिय टिमले सेमीफाइनल यात्रा तय गर्न सकेनन् ।

फाइनल प्रवेशका लागि भोली पुलिस र गण्डकी प्रदेश तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । जलजले क्वल साँघुले आयोजना गरेको प्रतियोगिताको फाइनल वैशाख २६ गते हुनेछ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..