प्रदेश नम्बर २ लाई मनमोहन मेमोरियल अन्तर प्रदेश १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौ । मनमोहन मेमोरियल अन्तर प्रदेश १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर २ ले हात पारेको छ ।

आज भएको फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रदेश २ च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ३४ रनको लक्ष्य प्रदेश २ ले २६ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा ग-यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ७ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ बनायो ।

उपाधिसँगै प्रदेश नम्बर २ ले २ लाख ५० हजार रुपैयाँ र सोही रकम बराबरको खेल सामग्री प्राप्त गरेको छ । उपविजेता सुदुरपश्चिमले १ लाख ५० हजार रुपैयाँ र सोही बराबरको खेल सामग्री प्राप्त गरेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..