समाजीक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको अनावश्यक फोटो पोष्ट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

सिन्धुपाल्चोक । सामाजीक सञ्जाल फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर अनावश्यक पोष्ट गरेका सिन्धुपाल्चोक फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरकुमार चौलागार्इंलाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध महाशाखा काठमाडौंबाट पक्राउ गर्न अनुमति दिएपछि इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले आज चौलागार्इंलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर शुभ विवाहको वार्षिकोत्सवको शुभकामना दिएका थिए । ‘चिन्नुहुन्छ भने लाइक, कमेन्ट र शेयर गरी शुभकामना दिनुहोस्’ क्याप्सन राख्दै उनले नेपालको झण्डासमेत फोटोमा प्रयोग गरेका थिए । फेसबुकमा उनले सो पोष्ट गरेपछि चौतर्फी आलोचना भएको थियो ।

उनलाई साईबर क्राईम अन्र्तगत मुद्दा चलाईने ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..