हिमाली गन्तव्य लाङटाङ निकुन्ज घुम्ने पर्यटक बढे

नुवाकोट । विदेशीका लागि सहज वन्दै गएको नजिकको हिमाली गन्तव्य लाङटाङ निकुन्ज घुम्ने पर्यटकहरु बढिरहेका छन् ।

काठमाडौवाट यातायातको दुरीमासमेत नजिक रहेको रसुवाको प्रसिद्ध लाङटाङ निकुन्ज भ्रमण गर्न जाने विदेशी पर्यटकहरु चालु आर्थिक वर्ष २०७५÷०७६ मा वढेका छन् ।

चालु आर्थिक वर्षको वितेको नौ महिनामा स्वदेशी तथा विदेशी गरि १२ हजार जना पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् ।
नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तीन जिल्ला फैलिएको निकुञ्ज भित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १२ हजार २ सय ६४ पर्यटक आएका हुन् ।

जसमध्ये ३ हजार ३७ नेपाली, ९ हजार ४५ विदेशी र ३ हजार ९ सय ६ सार्क राष्ट्रका पर्यटक रहेको निकुन्ज कार्यालयले जनाएको छ । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् ।

पर्यटकीय मौसम सुरु भएसँगै दैनिक ९० देखि एक सय जनाको हाराहारीमा पर्यटक रसुवा पुगिरहेका छन् । लाङटाङ निकुन्ज काठमाडौदेखि एक दिनको यातायातको यात्रा गरेपछि पुगिन्छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..