आईपीएल : होम ग्राउन्डमै चेन्नईलाई हराउँदै मुम्बई फाइनलमा प्रवेश

काठमाडौँ । भारतमा जारी १२ औं संस्करणको आईपीएल अन्तर्गत मंगलबार भएको पहिले क्वालीफायरमा मुम्बई ईंडियन्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ।

चेन्नईको घरेलु एमए चिदम्बरम मैदानमा भएको खेलमा टस जितेर ब्याटिंग रोजेको चेन्नईले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै मुम्बईलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। चेन्नईका लागि अम्बाती रायुडुले अविजित ४२ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ३७ रन बनाएका थिए। त्यस्तै मुरली विजयले २६ रन जोडे।

मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाएर चेन्नईले दिएको १३२ रनको टार्गेट पूरा गरेको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ७१ रनको उत्कृष्ट इनिङ खेले भने इशान किसनले २८ र हार्दिक पाण्डेले १३ रन बनाएका थिए।

चेन्नईलाई हराएको मुम्बई फाइनलमा प्रवेश गरेको छ भने चेन्नईले अर्को मौका पाएको छ। हैदरावादको राजीव गान्धी स्टेडियममा आज हुने हैदराबाद र दिल्लीबीचको विजेतासँग चेन्नईले खेल्ने छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..