भूकम्प प्रभावितले जिविकोपार्जन कर्जा लिन पाउने, यस्तो छ व्यवस्था

काठमाडौ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सहज हुने भएको छ ।

भूकम्प पीडितले आवास निर्माणका अतिरिक्त जिविकोपार्जनका लागि थप एउटा कर्जा लिन पाउने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यो सुविधा उपलब्ध गराइएको हो ।

भूकम्प पीडितले निजी आवास निर्माणका लागि ऋण लिएको भएपनि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमी कर्जा, दलित समुदाय विकास कर्जा एवंम् उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा मध्ये एक शीर्षकको कर्जा लिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै भूकम्पबाट प्रभावितलाई निजी आवास निर्माण गर्ने कर्जा लिनका लागि स्थायी लेखा नम्बर (प्यान) आवश्यक नपर्ने भएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..