हाकिम फेरिने क्रम बढेपछि स्थानीय तहको काम प्रभावित

पर्वत । पर्वतका स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृतहरु छिटो छिटै सरुवा हुनक्रम बढेपछि प्रशासनिक काममा समस्या देखिएको छ ।

स्थानीय सरकार आएसँगैे दुई वर्षमै जलजला गाउँपालिकामा ८ जनासम्म प्रशासकीय अधिकृत फेरिईसकेका छन् । कतिपय स्थानीय तहमा सातादिनमै अधिकृतहरु फेरिदाँ झनै समस्या भएको छ ।

राजनीतिक पहुँचका आधारमा सरुवा माग्ने कर्मचारीका कारण सर्वसाधारण र जनप्रतिनिधिलाई प्रत्यक्ष असर परेको छ । सल्लाह दिने अधिकृतकै टुंगो नभएकाले कानुन बनाउने मुख्य काम अघि बढ्न नसकेको जनप्रतिनिधीहरुको गुनासो छ ।

कार्यालयमा हाकिम फेरिरहने समस्याले काम गर्न अप्ठ्यारो भएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो । जिल्लाको महाशिला र पैयुँ गाउँपालिकामा प्रशासकीय अधिकृत फेरिने कारणले कानुन निर्माण र कार्यान्वयनदेखि विकासका काममा समेत गम्भीर असर परेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..