
तनहुँ । तनहुँ जिल्लामा ३ सय एक व्यक्तिमा एचआइभी एड्स संक्रमण रहेको विभिन्न तथ्यांकले देखाएको छ ।
दमौली अस्पताल र एचआईझी संक्रमितहरूको जिल्ला सञ्जालको तथ्यांक अनुसार संक्रमितको संख्या सार्वजनिक गरिएको हो । संक्रमितमध्ये १ सय ५७ पुरुष ,१ सय ४३ महिला तथा एकजना तेश्रोलिङ्गी रहेका छन् ।
उनीहरूमध्ये २ सय ८८ संक्रमित एक संस्थाको निगरानीमा उपचार सेवा लिइरहेका छन् । अस्पतालको गत फागुन मसान्तसम्मको तथ्यांकमा एचआईभी एड्सकै कारण ११ महिला, २२ पुरुष, एक बालिका र दुई बालक गरी ३६ जनाको मृत्यु भैसकेको छ । संक्रमितमध्ये २६ बालबालिका रहेका छन् ।
१३ बालिका र १३ बालकले नियमित उपचार सेवा लिइरहेको एचआइभी संक्रमितहरूको सञ्जालका अध्यक्ष श्रीराम कंडेलले जानकारी दिनुभयो ।