मृगुमा यार्सा संकलनका लागि जेठ १५ गते वन प्रवेश खुलाइने

मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाँउँपालिकाको विभिन्न वन क्षेत्रमा पाइने यार्सागुम्बा सकंलनका लागि जेठको १५ गतेबाट वन प्रवेश खुल्ला गरिने भएको छ ।

मुगुमकार्मारोङ्ग गाउँपालिकका विभिन्न क्षेत्रमा पाईने यार्सागुम्बा संकलन गर्नका जिल्लाभित्रका बासिन्दा र बाहिर जिल्लाबाट आउने सर्वसाधरण आगामी जेठ १५ गते देखि वन प्र्रवेश खुल्ला गरिने गाउँपालिकाले जनाएको छ ।

जेठ १० गते देखि १४ गतेसम्म वन प्रवेश गर्न गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ गते बिहान वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाउँपालिका सूचना अधिकारी तिर्थराज शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला भित्रका सर्बसाधरणलाई प्रतिव्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २ हजार ५ सयका दरले कर उठाइने छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..