एनआरएनएका केन्द्रिय सल्लाहकार डा. हेमराज शर्मा राष्ट्रपतिद्धारा सम्मानित

लण्डन । गैरआवासीय नेपालीहरु तथा विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा बाग्लुगंको अमलाचौरमा करीब ७ करोडको लागतमा विद्यालय भवन तथा अत्याधुनिक मल्टिमिडया सेन्टरको स्थापना गरेका छन् ।

पूर्व विद्यार्थीहरु डा. हेमराज शर्मा, चन्द्र ढकाल र हेमराज ढकालको बिषेश पहलमा सो परियोजना सम्पन्न भएको हो । विद्यालय भवन तथा मल्टिमिडिया सेन्टरको हस्तान्तरण समारोहमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व विद्यार्थीहरु शर्मा र ढकालद्धयलाई विद्यालयको गुणस्तरिय विकास र विद्यार्थीहरुलाई ऐक्यवद्धता गरि उल्लेख्यनीय योगदान गरेबापत सम्मान गरिएको हो ।

आफ्ना बुबा स्वर्गीय समाजसेवी हिरण्यप्रसाद ढकालको स्मृतिमा चन्द्र ढकाल र हेमराज ढकालले बाग्लुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको अत्याधुनिक भवन निर्माण गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकाल र भाई हेमराजको सहयोगमा पृथ्वी उच्च माविमा १४ कोठे सुविधा सम्पन्न भवन बनाइएको छ। उक्त भवनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।
आफ्ना स्वर्गीय पिता हिरण्य ढकालको स्मृतिमा भवन निर्माणमा सहयोग गरेपछि विद्यालयको नाम परिवर्तन गरेर पृथ्वी हिरण्य माध्यमिक विद्यालय नामाकरण गरिएको छ।

निर्माणाधिन अवस्थामा अलपत्र परेको दुई कोठे भवन, चार कोठे शौचालय र खेल मैदान निर्माणका लागि ढकालले सहयोग गरेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम चापागाईले बताए। ‘पाँच करोड २८ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गर्नुभयोे,’ प्रअ चापागाईले भने, ‘खेल मैदान, शौचालय र अलपत्र भवनको निर्माण पूरा गर्नका लागि थप एक करोड रुपैयाँ खर्च हुन्छ।’

ढकालले माविलाई उच्च मावि सञ्चालन गर्ने बेला ५० हजार रुपैयाँ फर्निचर निर्माणमा सहयोग गरेको प्रअ चापागाईले बताए।

सोही समारोहमा विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर कक्ष, मल्टिमिडिया कक्षका समेत स्थापना गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा अमलाचौर अलमुनाईका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र पूर्वविद्यार्थीद्धारा संकलित ५० लाख रुपैयाँको अक्षयकोष विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा राष्ट्रपतिले विद्यालयका पूर्व विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन तथा अवलोकन समेत गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदहरु डा सूर्य पाठक, मना केसी र देवेन्द्र पौडेल, व्यवसायीद्धय चन्द्र ढकाल, हेमराज ढकाल, गैरआवासीय नेपाली संघका सल्लाहकार डा हेमराज शर्मा, प्रअ प्रेम प्रसाद चपाई लगायतले सम्वोधन गरेका थिए ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..