विकास निर्माणको काममा कुनै पनि अवरोध हुन नदिन महानिरीक्षक खनालको निर्देशन

काभ्रे । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विकास निर्माणको काममा कुनै पनि हालतमा अवरोध सिर्जना हुन नदिन र अपराधविरुद्ध कठोर रुपमा प्रस्तुत हुन प्रहरी संगठनलाई निर्देशन दिनु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक परिसरमा निर्मित सुविधासम्पन्न हिरासतगृह कक्ष, ब्यारेक भवन र मेस उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले यस्तो निर्देशन दिनुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अवधारणा अनुसार नेपालको मौलिकता, सामाजिक परिवेश र वातावरणअनुसार अध्ययन, विश्लेषण गरेर तयार पारिएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम र यसको प्रभावकारिता र हालसम्म प्राप्त उपलव्धीहरुका विषयमा प्रकाश पार्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि समाजले अहम भूमिका खेलिरहेको चर्चा गर्दै समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्ने तथा अपराध नियन्त्रण र अनुसन्धानको साथै कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउन समुदाय-प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयनमा ल्याएको बताउनुभयो । सो अवधारणा अन्तर्गत आपराधिक क्रियाकलाप, महिला हिंसा, लागूऔषध दुर्व्यसन, साइबर अपराध, व्यक्तिगत सुरक्षा, सडक सुरक्षा लगायतका विषयहरुमा समाजका अगुवाहरुसँग समन्वय गर्दै अगाडि बढिरहेको उहाँले बताउनुभयो । नेपालको मौलिक परिवेश, समाज, वातावरणको अध्ययन विश्‍लेषण गरी अवधारणा ल्याइएको जनाउँदै उहाँले यसको

प्रभावकारिता र हालसम्म प्राप्त उपलब्धिबारे प्रकाश पार्नुभयो । अवधारणालाई संस्थागत रुपमा विकास गरिने उहाँले उल्लेख गर्नुभयो । गलत क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरुलाई कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनाल भन्नुभयो, ‘मूलभूत रुपमा हामी पारदर्शी र नागरिकमैत्री हुन चाहन्छौं । सबै प्रहरी कर्मचारीहरुले कानुनी कठोरताकासाथ विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो । सुरक्षा सँगसँगै विकास निर्माणका काम पनि अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले विकास निर्माणका काम कुनै पनि कारणले रोकिन नहुने भएकोले सबै सरोकारवाला निकायहरुले एकआपसमा समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक खनालले कनै पनि बाहनामा विकास निर्माणको काममा अवरोध हुन दिन नहुने र अपराधविरुद्ध कठोर रुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । उहाँले जनताको सेवामा समर्पित हुनु प्रहरीको कर्तव्य भएको बताउनुभयो ।

उक्त कार्यक्रममा सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारीलाई कानुनी ढंगले विवेकपूर्ण तरिकाले सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयो । उहाँले प्रहरी सधैं पारदर्शी र जनताप्रेमी हुनुपर्ने बताउनुभयो ।

उहाँले प्रहरी संगठनले गति लिएको अवस्था रहेको र सरुवा बढुवामा उल्लेखनीय प्रगति भएको वर्तमान अवस्थामा नेपाल प्रहरीले दुई वटा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको जानकारीसमेत दिनुभयो । राष्ट्रिय रुपमा पनि नेपाल प्रहरी नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रदान गरिएको आइसीटी अवार्ड (पब्लिक सेक्टर)बाट सम्मानित भएको थियो भने नेपाल सरकार गृहमन्त्रालयबाट बेरुजु पर्छ्यौटमा प्रथम भई सम्मानित भएको थियो ।



इन्जिनियर ईश्वर थापाका अनुसार ६ करोड ८४ लाख लागतमा भवन निर्माण भएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, प्रदेश ३ का प्रहरी प्रमुख दीपक थापा, स्थानीय निकायका प्रमुख लगायतको उपस्थित रहेको थियो।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..