तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि पुलिस र आर्मी खेल्ने

काठमाडौ । साविकको विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको सेमिफाइनल खेलबाट दुवै टोलीले जीत हात पार्दै उपाधिका लागि स्थान सुरक्षित गरेको हो । ताप्लेजुङको मौवाखोला गाउँपालिकास्थित साँघुमा आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै पुलिसले जित हात पारेको हो ।

नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा पाँच राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको पुलिसले गण्डकीलाई २५–१५, २६–२४ र २५– को सेटमा पराजित ग¥यो । यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै जित हात पारेको हो ।

नारायणी माविको खेल मैदानमा ७ जना राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको आर्मीले एपीएफलाई २५–२१, २५–२०, २०–२५ र २६–२४ को सेटमा पराजित ग-यो ।

अब उपाधिका लागि दुवै टोलीले भोली प्रतिस्पधा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ । यस्तै उपविजेताले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०–५० हजार पाउने आयोजकले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..