सल्यानको दमाचौरमा साबुन उत्पादन सुरु

सल्यान । सल्यानको दमाचौरमा साबुन उत्पादन गर्न थालिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउपालिका वडानम्बर २ ले वडाका स्थानीय ३० जनालाई साबुन उत्पादन गर्ने तालिम प्रदान गरेपछि स्थानीयहरुले साबुन उत्पादन गर्न शुरु गरेका हुन् ।

वडा कार्यालयले स्थानीयलाई ६ दिने साबुन बनाउने सम्बन्धी तालिम प्रदान गरेपछि स्थानीयहरुले साबुन बनाउन थालेका छन् ।

छत्रेश्वरी गाउपालिका २ दमाचौर टोल नं.१ दहगाँउमा रहेको स्वास्थ्यआमा समुहका अध्यक्ष टिका भण्डारीले वडाले साबुन बनाउने तालिम प्रदान गरे पश्चात साबुन उत्पादन गर्न शुरु गरेको बताउनुभयो ।

भैरहवाबाट साबुन बनाउने कच्चा पदार्थ ल्याएर दमाचौरमा नै कपडाधुने साबुन बनाउन थालिएको उहाँले बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..