
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रलाई थप व्यबस्थित गरिने भएको छ ।
उपचार केन्द्रमा टाढाबाट आउने बिरामिलाई असहज भएको भन्दै बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोगमा केन्द्रलाई एम्बुलेन्स सहित थप व्यबस्थित बनाउने नगरका प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।
नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उपचार केन्द्रमा गर्मियाम बढेसङै सर्पदंशमा बिरामी आउनेको सख्या पनि बढदै गएको छ । यहाँ गर्मि मौसममा विरामीको चाप बढी हुने गर्दछ ।
बैशाख महिनामा मात्रै ४ जना बढी बिरामीले सेवा लिएको सर्पदंश उपचार केन्द्र गोरुसिंङ्गेका सचिव नविन भण्डारीले जानकारी दिनुभयो । उपचार केन्द्रमा प्रदेशका जिल्लाबाट मात्र नभई छिमेकी देश भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि सेवाग्राही आउने गरेको सचिव भण्डारिले बताउनुभयो ।