अन्धविश्वासले दादुराको प्रकोप

सर्लाही । खोप लगाए देवीदेवता रिसाउँछन् भन्ने अन्धविश्वास स्वीकार्दा सर्लाहीको हरिवन नगरपालिका–३, सासापुर डाबरीका चार परिवार दादुरको संक्रमणबाट पीडित भएका छन् ।
स्थानीय भिखारी साह, लक्ष्मेश्वर साह, कुशेश्वर साह र चरित्र साहको परिवारका १८ जनामा एकैसाथ दादुराको प्रकोप देखा परेको हो ।

गुसाई कुलदेवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण स्थानीय केही परिवारले बालबालिकालाई ९ र १५ महिनामा लगाउनुपर्ने विभिन्न रोगविरुद्धको कुनैपनि खोप हालसम्म नलगाएको पाइएको छ ।

स्थानीय स्वास्थ्य स्वयम सेविकाहरु बालबालिकालाई खोप लगाउन घरदैलोमा जाँदा समेत डाबरी गाउँका केही परिवारले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । स्वास्थ्य स्वयम सेविका मार्फत नै डाबरी गाउँमा दादुराका संक्रमित फेला परेको जानकारी आएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो ।

उहाँले त्यहाँ दादुराका बिरामी फेला परेको जानकारी पाउनासाथ जनप्रतिनिधी सहित स्थलगल निरीक्षण गरिएको जानकारी दिनुभयो । त्यसक्रममा १८ जनामध्ये पाँच जना दादुराबाट बढी ग्रसित रहेको पाइएको छ ।

स्थलगत निरीक्षण गरी संक्रमितमध्ये ९ जनाको रगत परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाइएको स्वास्थ्य शाखा संयोजक चौधरीले बताउनुभयो ।

बिरामीको लक्षणका आधारमा घरमै पुगेर एन्टिवायोटिक, भिटामिन, बी–कमप्लेक्स र आवश्यक औषधी प्रदान गरिएको सासापुर स्वास्थ्य चौकीले जनाएको छ । हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले चेतनाको कमीले अन्धविश्वासका कारण डाबरीका केही परिवार दादुराबाट ग्रसित भएका बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..