
काठमाडौं । पूर्वसभासद सीमा विक नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेकी छिन् ।
दोस्रो संविधानसभामा जनमुक्ति पार्टीबाट समानुपातिक सदस्य रहेकी विक नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
जनमुक्ति पार्टी हुँदै नयाँशक्तिमा रहेकी विक नयाँ शक्ति र फोरमबीच एकतापछि समाजवादी पार्टी गठन भएपछि उनी भने नेकपामा प्रवेश गरेकी हुन् । अध्यक्ष प्रचण्डले अबको केही दिनमै पार्टी एकतासम्बन्धी अर्को घोषणा हुने बताएका छन् ।
बाबुरामले बिचार त्यागेको भन्दै कल्पना धमला, देबेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह, नारायण तिवारीलगायत नेताले समाजवादी पार्टीबाट बाहिरिने तयारी थालेका छन् । धमलाको नेतृत्वमा यो समूहले छुट्टै भेलासमेत गरिसकेको छ । ललितपुरमा भएको भेलाबाट उनीहरुले बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन्।
पार्टी एकताको विषयमा आफुहरुको विमती रहेको र अब के गर्ने भन्नेबारे छलफल शुरु भएको एक नेताले बताए । यो समूह सांगठनिक र वैचारिक दुवै विषयमा नयाँ पार्टीमा असन्तुष्ट छ । भेलामा सहभागी ती नेताका अनुसार बाबुराम भट्टराईले बिचार नै त्यागेपछि अब यो समूहले बेग्लै वैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्ने योजना बनाएको बताए । उपेन्द्र यादवसँग मिलेर बाबुरामले आत्मसमर्पण गरेको उनको आरोप छ ।