नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान आजदेखि सुरु

काठमाडौ । सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

देशका ७७ जिल्ला र बाहिरका ३३ मुलुकमा चलाइने अभियानको पार्टी नीति, कार्यक्रम र संशोधित विधानको बहस अभियानको मुख्य एजेण्डा बनाइएको काँग्रेसले जनाएको छ ।

संसदमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा बोलेको भाषा र सभामुखको भूमिका पनि मुख्य एजेण्डामा परेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडले बताउनुभयो ।

हिमाल, पहाड, तराई–मधेसी नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान नाम दिइएको अभियान तीन चरणमा वर्षभरि चल्ने छ । वर्षभरी नै सरकारले गरेका कमजोरीलाई अभियान मार्फत जनताका बिचमा लैजाने प्रमुख सचेतक खाडले बताउनुभयो ।

अभियानका सहभागि सांसदले भने अवरोधका बिच नीति तथा कार्यक्रम पारित हुनलाई एजेण्डा बनाउने कांग्रेस सांसद डा.डिला संग्रौलाले बताउनुभयो । नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमको रूपमा रहेको अभियानमा महिलाकै विरोधपछि एकजना महिला वक्ता अनिवार्य गरिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..