अध्यक्ष प्रचण्डले भने–‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गर्नुहोस’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

अध्यक्ष प्रचण्डलेले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगको नयाँ गठन प्रक्रिया सुरु गरिसकेको पनि जानकारी दिए ।

मानव अधिकारबादी नेता पदमरत्न तुलाधरको जिवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमका बीच विमोचन गर्दै उनले शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे । अध्यक्ष प्रचण्डलेले अन्तराष्ट्रिय मानव अधिकारसम्बन्धि मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भईसकेको उल्लेख गर्दै बाँकि कामलाई पूर्णता दिन ढिलाई गर्न नहुने पनि बताए ।

त्यस अवसरमा उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पु-याउनु भएको योगदानको स्मरण पनि गराए । अध्यक्ष प्रचण्डलेले स्वर्गीय तुलाधरले नेपालको भाषा आन्दोलन, पहिचानको आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे ।

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले पनि स्वर्गीय पदमरत्न तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलन, भाषिक आन्दोलन र पहिचानको आन्दोलनमा दिएको योगदानको स्मरण गराए ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..