चकचके भन्दै स्कुलबाट निकालिए विद्यार्थी

काठमाडौ । विद्यालयमा चकचक रेको भन्दै भीमसेनागोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ।

नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको आरोपमा पढाउन मानेको छैन। बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको भनाइ छ। पासाङ गत वर्ष सोही स्कुलमा ‘प्ले ग्रुप’मा भर्ना भएका थिए।

यो वर्ष भने विद्यालयले पढाउन नमानेपछि परिवार समस्यामा परेको छ। बाबुले अर्की श्रीमती लिएर हिँडेपछि एक्लिएकी आमासँग बस्दै आएको पासाङको परिवारको आर्थिक अवस्था कमजोर छ। गरिब परिवारको भएका कारण पासाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलास्थित जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन्।

उनको पढाइ खर्च पनि श्रेष्ठले नै बेहोरिरहेका छन्। ‘प्ले ग्रुपमा मासिक १८ सय रुपैयाँ तिरेर गत वर्षदेखि पढाइरहेको छु। पढाइ राम्रो हुँदाहुँदै पनि चकचक गरेको आरोपमा स्कुलले पढाउन सक्दैनौँ भनेको सुन्दा चकित भएँ’, श्रेष्ठले भने। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..