पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन असन्तुष्ट नेताको ज्ञापन

काठमाडौ । संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै नयाँ शक्तिमा रहेका एक दर्जन नेताले असन्तुष्टि जनाएका छन् ।

पार्टीभित्र छलफल र बहसै नगराई हठात् एकता प्रक्रियामा सहभागी भएको भन्दै उनीहरूले नेता डा. बाबुराम भट्टराईलाई ज्ञापन बुझाउने भएका हुन् ।

कृषिविज्ञसमेत रहेका नयाँ शक्तिका नेता मदन राईको ललितपुर ढोलाहिटी निवासमा बुधबार बसेको असन्तुष्ट नेताको भेलाले बाबुरामलाई ज्ञापन बुझाउने निष्कर्ष निकालेको भेलामा सहभागी नेता नारायण तिवारीले जानकारी दिए ।

‘पार्टी एकता गर्दा लोकतान्त्रिक अभ्यास भएन, नयाँ शक्तिले उठाएका ५ ‘स’ को एजेन्डाको सम्बोधन भएन, संगठनात्मक एकता पनि सम्मानजनक, सन्तुलित र न्यायोचित भएन’, नयाँ शक्तिका केन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले भने, ‘यस विषयमा बाबुराम भट्टराईलाई लिखित ज्ञापन बुझाउने निर्णयमा पुगेका छौं ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..