इरान र अमेरिकाबीचको तिक्तता बढयो

काठमाडौ । इरान र अमेरिकाबीचको तिक्तता फेरि बढेको छ ।

अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अमेरिकापछि हटेको एक वर्षपछि इरानले त्यसका प्रमुख प्रतिबद्धताहरूलाई स्थगित गरेको छ ।

इरानले सम्झौताका बाँकी हस्ताक्षरकर्ताहरू फ्रान्स, जर्मनी, रुस, चीन र ब्रिटेनलाई यससम्बन्धी निर्णयबारे जानकारी गराएको छ ।

इरानी राष्ट्रपति हसन रुहानीले विशेष खालको युरेनियमलाई अन्य देशमा बिक्री गर्नुको सट्टा आफ्नै देशमा त्यसको प्रवद्र्धन गर्ने बताउनु भएको छ ।

यो सम्झौता इरानको परमाणु महत्वाकांक्षालाई सीमित पार्ने लक्ष्यसहित ऊमाथिको रहेको प्रतिबन्ध खुकुलो पारेर गरिएको थियो । सम्झौताबाट पछि हट्दै अमेरिकाले प्रतिबन्धहरू पुनः लगाएपछि इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..