तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

ताप्लेजुङ्ग । तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधिका लागि आज दुई विभागीय टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । नारायणी माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

साविकको विजेता पुलिस उपाधि रक्षाको योजनामा हुनेछ । आर्मी पुलिससँग आठौं राष्ट्रिय खेलकुद प्रतियोगितमा व्यहोरेको हारको बदला योजनासहित मैदान उत्रनेछ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गर्ने छ ।

यस्तै उपविजेताले १ लाख ७६ हजार २ सय ५१ नगद प्राप्त गर्दा सेमिफाइनलमा पराजित दुई टोलीले नगद ५०/५० हजार पाउने आयोजकले जनाएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..