चोरी भएको मोटरसाइकल सहित पक्राउ

काठमाडौं । चोरी भएको बा.७८ प ४८२० नम्बरको मोटरसाइकल सहित चालक काठमाडौं बसुन्धार बस्ने दोलखा देउराली गाउँपालिका-८ का २२ वर्षीय मोहनलाल श्रेष्ठलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका-९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ३ जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा २ जनाले चेकिङमा रहेका प्रहरी कर्माचारीलाई हेल्मेट प्रहार गरी फरार भएका थिए । साथै चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको हो ।

फरार २ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..