पत्रकारहरुप्रति प्रहरी प्रवक्ता बरिष्ठ उपरीक्षक सु्वेदीको आभार

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान केन्द्रीय प्रहरी प्रवक्ता / सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने एवं सद्‍भाव राख्ने सम्पूर्ण संचारकर्मीहरुप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक पुरा गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाल्न जानुअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले संचारकर्मीहरुको अत्यन्त महत्वपूर्ण सहयोग र उचित समन्वयको उच्च कदर गर्दै हार्दिक आभार व्यक्त गर्नुभएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यममा सम्प्रेषणको साथै नेपाल प्रहरी र सञ्चारकर्मीहरुबीच आवश्यक समन्वयका लागि तोकिएको उक्त गहन जिम्मेवारीलाई आफूले पूर्ण कटिबद्ध रही बहन गरेको स्मरण गर्दै उहाँले यस क्रममा भएका काम कारवाहीको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्नुभयो ।

आगामी कार्य क्षेत्रमा समेत सञ्चार जगतबाट सकारात्मक एवम् रचनात्मक सहयोग, समन्वय र सद्‍भावको साथै गहन सल्लाह एवं सुझावको अपेक्षा उहाँले राख्नुभएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..