
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ३ र ४ को सीमा क्षेत्रमा लागेको आगो अनियन्त्रित बनेको छ ।
दिउँसो करिब २ बजेबाट सुरु भएको आगो अनियन्त्रीत बनेको वडा नम्बर ४ का अध्यक्ष ओम बहादुर खत्रीले जानकारी दिनुभयो । वडा नम्बर ४ स्थित पाउखोला भन्दा माथी रहेको नाककाटे भीरबाट आगो सुरु भएको र धरमपानी, ढुँगेठाँटी, हर्लेखाली, थुम, मालारानी, बाँसपोखराका क्षेत्रमा गरी करिब ५ हेक्टर क्षेत्रफलमा आगलागी भइरहेको खत्रीले बताउनुभयो ।
आगो कसले के कारणले लगायो भन्ने बिषयमा केही पनि पत्ता नलागेकाले आगलागीको कारण पत्ता लगाउन प्रयास जारी रहेको जनाइएको छ । हावा पनि चलिरहेको कारण आगो नियन्त्रणमा समस्या भइरहेकाले आगो यसैगरी अघि बढेमा त्यस जँगल क्षेत्रमा रहेको पैयापाटा बस्ती जोखिममा पर्न सक्ने खत्रीले बताउनुभयो ।
आगो निभाउनका लागि प्रहरी तथा स्थानीय क्लब, गाँउबासी, युवा, जनप्रतिनिधि ख्टीएका छन् भने नेपाली सेनालाई खबर गरिसकीएको छ ।
आगो नियन्त्रणमा लिन मुसिकोट नगरपालिकाले राखेका दुइ वटा टँयाकंर पनि प्रयोग गरिको छ भने वन कार्यालय गुल्मीमा पनि यस बिषयमा जानकारी गराइएको छ । यस अघि पनि बडाँगाउमा लागेको आगलागीले करिब ६० घर जलेका थिए भने एक जनाको मृत्यु भएको थियो ।