अनुष्का श्रेष्ठ नेपाल सुन्दरी-2019

काठमाडौ । यो वर्षको मिस नेपालको उपाधि अनुष्का श्रेष्ठले जितेकी छन्।

अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको उपाधि हात पारेकी हुन्। यस्तै, यो वर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले हात परिन भने ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतले जितिन्। ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिको हात पर्यो।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन्। २५ जना सहभागी मध्ये अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो। यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो। ‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..