पत्रकारलाई ठेगान लगाउने गरेर संसदमा दर्ता भयो नयाँ विधेयक

काठमाडौ । पत्रकारले आचार संहिता उल्लघंन गपरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याउने गरी समाचार प्रकाशन प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ ।

प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बधी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजादेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो ।

‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने सक्नेछ,’ विधेयकमा उल्लेख छ ।

कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई पच्चीस हजार रुपियाँदेखि दश लाख रुपियाँसम्म जरिबाना गर्न सक्नेछ ।

व्यक्तिको प्रतिष्ठामा आँच पुगेको अवस्था हेरी उजुरीकर्ता र समाचार लेख्ने पत्रकार, सम्पादक, प्रकाशकबीच काउन्सिलले मेलमिलाप गराउन सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ ।

काउन्सिलले निर्धारण गरे बमोजिमको संख्या, समय र पृष्ठमा खण्डन सम्प्रेषण गर्न लगाउने, सरकारबाट पाउने सहुलियत, लोक कल्याणकारी विज्ञापन वा सुविधा आंशिक वा पुरै रोक लगाउन सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्न सक्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

विधेयकको दफा १७ को ९४० मा कारबाही गर्ने निर्णय गर्नु अघि काउनिसलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्ने ब्यवस्था पनि छ ।नागरिक दैनिकमा खबर छ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..