नागरिकको अपेक्षालाई बजेटमा विशेष जोड दिनुपर्ने, यस्तो छ विज्ञ समूहको सुझाव

काठमाडौँ । जेठ १५ मा सार्वजनिक हुने बजेटमा नागरिकको अपेक्षालाई समावेश गरी सार्वजनिक गरिनुपर्ने विज्ञहरुले बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि अब आउने बजेटमा नागरिकको चासो बढेको छ । बजेटमा नागरिकको अपेक्षालाई सम्मान गर्नुपर्ने विज्ञहरुले बताएका हुन् ।

विज्ञसमुहका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री नागरिकको आवश्यकता अनुसार खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका विषयमा राज्यले जोड दिदै बजेट ल्याउनु पर्ने बताउनुहन्छ ।

नागरिकले करदेखि युवालाई उद्यमशीलता र रोजगारीमा जोड्ने कुरामा विशेष चासो देखाएकाले यो कुरामा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । सरकारले बजेट ल्याउँदा जनताले चाहनालाई कसरी समावेश गर्न सकिन्छ भनेर विज्ञको टोली गाउँ पुगेर फर्किएको छ ।

विज्ञ समुहले सबै क्षेत्रसँग छलफल गरेर तयार पारेको सुझाव सरकारलाई बुझाइसकेको छ । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको संयोजत्कवमा गठित समितिले झापा, विराटनगर, जनकपुर, वीरगन्ज र हेटौंडामा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा गठित उपसमितिले धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा छलफल गरेको थियो ।

दुईटै ठाउँबाट संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने योजनको स्पष्ट मापदण्ड बनाएर पठाउनुपर्ने, नगरपालिका तथा गाउँपालिकामा योजना बैंक निर्माण गरी योजना सूचीकृत गर्नुपर्ने सुझाव आएको छ । तर, बजेटमा आएका कुरालाई कार्यान्वयनमा लैजानुपर्नेमा सबैले जोड दिएका छन् ।

यसपटक सरकारले सबै क्षेत्रका नागरिकलाई समेट्ने, सामाजिक सुरक्षा बढाउनेगरी साना र ठूला आयोजना सहितको लोकप्रिय बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय योजना आयोगले पठाएको १२ खर्ब ४ अर्ब रुपैयाँको सिलिङ हेर्दा करिब १३ खर्बको बजेट आउने पक्का पक्की जस्तै देखिएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..