
दार्चुला । दार्चुलामा ४ वर्षका नातीनीसँगै ६५ वर्षका हजुरबुबा पनि विद्यालय भर्ना भएका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर आधारभूत विद्यालयमा आफ्नो नातीनीसँगै ६५ वर्षका लालसिंह विष्ट पनि विद्यालय भर्ना हुनुभएको हो । ४ वर्षका नातीनी मनिषा विष्टसंगै लालसिंह विष्ट पनि भर्ना हुनुभएको प्रधानाध्यापक कमला विष्टले जानकारी दिनुभयो ।
नातीनीलाई शिशु कक्षामा भर्ना गर्न पुग्नुभएका विष्ट आफू भने कक्षा १ मा भर्ना हुनुभएको प्रधानाध्यापक विष्टले बताउनुभयो । ६५ वर्षका विष्ट विद्यालय भर्ना भएपछि शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा सचिव मोहनसिंह डाँगाले अभिभावकत्व ग्रहण गर्नुभएको छ ।
शैल्यशिखर नगरपालिकाले चालु शैक्षिक सत्रमा “हाम्रो नगर, हाम्रो गाउँ, बालबालिकाहरुलाई विद्यालय पु¥याउँ” भन्ने राष्ट्रिय नारासहित भर्ना अभियान चलाएको युवा खेलकुद तथा शिक्षा शाखा संयोजक सुरेन्द्रबहादुर विष्टले बताउनुभयो ।