बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते

बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका वाडा नं ७ खड्काबाडा निवासी २१ वर्षका डपेन्द्र खड्का रहेको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी नायव निरीक्षक शेरबहादुर कुवँरले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते हुनेमा स्वामिकार्तिक खापर गाउपालिका ३ जुकोट का २८ वर्षका प्रकाश शाही र कैलालीको घोडघोडी नगरपालिका १० का १९ वर्षका ट्याक्टर चालक रवीन्द्र चौधरी रहनु भएको छ ।

बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टीका लागि छुटेको से १ त ७८१ नम्वरको ट्याक्टर आज दिउँसो बुढीनन्दा नगरपालिकाको दान्सागु बजारमा पुग्न करीव १ सय ५० मिटर माथि नै दुर्घटनामा परेको हो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..