आईपीएल क्रिकेटमा दिल्ली र चेन्नाई खेल्दै

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भिसखापट्नाममा नेपाली समय अनुसार आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..