२९ वर्षिय सरोज केसी, जसले आफ्नो जन्मदिन वृद्धवृद्धा र असहाय व्यक्तिसँग मनाए

काठमाडौ । पछिल्लो समय युवाहरू आफ्नो जन्मदिनको अवसरमा साथीभाइ भेला पारेर पार्टी गरी ठुलो खर्च गरेर रमाइलो गर्ने परिपाटी बढिरहेका बेला दोलखाका एक यु्वाले भने सामाजिक काम गरेर जन्मदिन मनाएका छन् ।

जन्मदिनको अवसरमा उनले अपांग, असहाय र वृद्ध बृद्धालाई खाना खुवाउनुका साथै सहयोग समेत गरेका छन् । दोलखाको तामाकोशी गाउँपालिकाका वडा नं. ५ गोवरद्र्धनटारका २९ वर्षिय सरोज केसीले भक्तपुर चाँगुनारायणस्थित् महादेवस्थानमा रहेको मानव कल्याण समाजमा रहेका करिब ५० जना वृद्ध वृद्धा, अपांग तथा असहायहरूलाई बिहानको खाना खुवाउनुका साथै समाजलाई आर्थिक सहयोग समेत गरेका हुन् ।

विगतका वर्षमा सार्थीभाइसँग रमाइलो गरेर जन्मदिन मनाउदा धेरै खर्च भएपनि आत्मसन्तुष्टी पनि नहुृने हुँदा साथीभाइसँग गर्ने खर्चले समाजसेवा गर्न पाउँदा आफुलाई खुसी लागेको केसीले बताए । अबदेअिख हरेक जन्मदिन र जीवनका अन्य उत्सवमा हुने खर्चलाई यसैगरी समाजसेवामा समर्पित गर्ने उनको भनाइ छ ।

भक्तपुरमा रहेको मानव कल्याण समाजमा करिब ५० जना वृद्ध,वृद्धा, अपांग र हसहाय व्यक्तिहरू रहेको समाजकीइ अध्यक्ष सुमित्रा चौलागाईँले बताइन् । डेढवर्ष अगाडी सञ्चालनमा आएको समाजलाई राज्य तथा अन्य कुनै निकायबाट सहयोग नभएपनि स्थानीय स्तरबाट सहयोग जुटाएरै सेवा गरिरहेको चौलागाईले बताइन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..