आइपिएल : चेन्नई फाइनलमा प्रवेश, टुंगियो दिल्लीको यात्रा

काठमाडौ । इन्डियन प्रिमियर लिग सिजन १२ को ट्रफीका लागि चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन।

राजशेखर रेड्डी क्रिकेट स्टेडियम विशाखापटनममा शुक्रबार भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको हो।

हारसँगै दिल्ली भने उपाधीको प्रतिस्पर्धाबाट बाहिरिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले चेन्नईलाई जितका लागि १४८ रनको लक्ष्य दिएको थियो। दिल्लीले दिएको उक्त लक्ष्य चेन्नईले ६ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्यो। चेन्नईका लागि ओपनरद्वय फाप डू प्लेसिस र सेन वाट्सनले समान अर्धशतक बनाए।

डू प्लेसिसले ३९ र वाट्सनले ३२ बलमा ५० रन बनाएर आउट भएका थिए। चेन्नईका अम्बाती रायडूले नटआउट २० रन जोडेका थिए। दिल्लीका बलरलाई चेन्नईका ब्याट्सम्यानले सफल हुन दिएनन्। दिल्लीका चार खेलाडीले समान १-१ विकेट लिएका थिए। दिल्लीका ट्रेन्ट बोल्ट, अमित मिश्रा, इशान्त शर्मा र अक्षर पटेलले विकेट लिएका थिए।

टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको चेन्नईले कसिलो बलिङ गरेसँगै उसलाई फाइनल प्रवेशका लागि मध्यम स्कोर मिलेको थियो। दिल्लीका लागि सबैभन्दा बढी रन रिषभ पन्तले बनाएका थिए।

उनले ३८ रन बनाएका थिए। कोलिन मुनरोले २७ रन जोडे भने शिखर धवन १८ रनमा आउट भए। अन्य खेलाडीलाई चेन्नईका बलरले खुलेर खेल्न सकेनन्। बलिङतर्फ चेन्नईका लागि चार खेलाडीले समान २-२ विकेट लिएका थिए। जसमा दीपक चहर, हरभजन सिंह, डिजे ब्राभो र रवीन्द्र जडेजा थिए। एक विकेट इमरान ताहिरको नाममा रह्यो।

यो जितसँगै चेन्नई ८औँ पटक आइपिएलको फाइनल प्रवेश गरेको छ। चेन्नईले यसअघि तीन पटक ट्रफी चुमेको छ। अब चेन्नईले आइपिएल सिजन १२ को ट्रफीका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..