नयाँ पेट्रोलपम्प खोल्न अनुमति खुला

काठमाडौ । लामो समयदेखि बन्द रहेको इन्धन बिक्रेता डिलरसिपको प्रक्रिया नेपाल आयल निगमले खुला गरेको छ।

इन्धन बिक्री गर्ने पम्प सञ्चालनका लागि अनुमति प्रदान गर्न निगमले नयाँ बिक्रेता विनियमावली २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको हो।

यही विनियमावलीको आधारमा निगमले नयाँ पम्पलाई अनुमति प्रदान गर्ने र पुरानोलाई स्तरोन्नति गर्ने व्यवस्था गरेको छ।

विनियमावलीको आधारमा निगमले नयाँ पम्पलाई अनुमति दिन र पुरानोलाई स्तरोन्नति गर्न सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ।

पछिल्लो समय २०७३ सालदेखि नमुना पेट्रोलपम्पको हकमा बिक्रेता तोक्ने प्रक्रिया खुले पनि सामान्यको हकमा भने २०६८ देखि अनुमति दिने प्रक्रिया बन्द थियो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..