‘साईला माया नलाम भो’मा प्रदीप र बेनिशाको माया-प्रेम

बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन् ।

यस गीतबाट आफू निकै आशावादी रहेको बसन्त सापकोटाले बताए । उनले भने, ‘मेरो धेरै गीतहरुलाई दर्शक-स्रोताले रुचाउनु भएको छ । यस गीतमा पनि मैले निकै मेहनत गरेको छु । आशा छ, यस गीतलाई पनि उहाँहरुले मन पराउनु हुन्छ ।’ त्यस्तै गायिका बेनिशा पनि यस गीतलाई लिएर निकै उत्साहित छिन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय रहेको छ । राजीव रमरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

सार्वजनिक उक्त गीतमा बुद्ध स्याङ्बाको एरेन्ज रहेको छ भने गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..