बालविवाह अन्त्यका लागि विशेष अभियान, बालबिहे गरेकाहरु यसरी पछुताउँदै

कैलाली । बालविवाहलाई कानुनले अपराध मान्छ । गर्ने र गराउनेलाई सजायको व्यवस्था छ । बालविवाह घटाउन विभिन्न प्रयास गरिए पनि बालविवाह गर्ने क्रम रोकिएको छैन ।

कैलालीको टीकापुर नगरपालिकाले भने थप नीति बनाएर बालविवाह रोक्ने अभियान थालेको छ । टीकापुरमा कक्षा ७ पढ्दै गर्दा १४ वर्षकै उमेरमा विहे गरेकी एक बालिका श्रीमानको कुटाइ खप्न नसकेर अहिले माइती मै बसिरहेकी छिन् । बालकैमा विहे गर्दा पढ्न पाइएन, अब के गरेर खाने ?’ उनको पछुतो छ ।

१६ वर्षमै बिहे गरेर लगतै बच्चा जन्माएकी सानुमाया पनि अहिले पछुताइरहेकी छन् । बाल विवाह गर्नेको आधिकारिक तथ्यांक नभएपनि पछिल्ला ३ वर्षमा अस्पतालमा गर्भवती जाँच गर्न आउने बालिकाको संख्या टीकापुरमा मात्रै १० देखि १६ प्रतिशत रहेको टीकापुर अस्पतालका मेडिकल रेकर्डर शान्तराज जोशी बताउनुहुन्छ ।

टीकापुर अस्पतालका स्टाफ नर्स कल्पना खड्का गर्भ जाँच गर्न १५÷१६ वर्षका बालिकाहरु आउने गरेका र धेरै जसो विद्यालय पढिरहेका बालवालिकाले भागेर विवाह गरेका भेटिएको बताउनुहुन्छ । नगरपालिकाको वडामा रहेका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने किशोरीहरुको संख्या १७ प्रतिशत रहेको नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख बलबहादुर रावल बताउनुहुन्छ ।

टीकापुर नगरपालिकाको चौथो नगर सभाले बालबिववाह र छाउपडी कुप्रथा अन्त्यका लागि संकल्प प्रस्ताव पारित गरेको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावल छाउपडी र बालविवाह विरुद्ध नगरपालिका नीतिगत रुपमा नै अन्त्य गर्न लागेको बताउनुहुन्छ ।

दिगो विकास महिला सञ्जाल टीकापुरका अध्यक्ष चन्द्रवती शर्माका अनुसार नगरपालिकाले नै अगुवाई गरेपछि महिला अगुवाहरुलाई पनि सहज भएको छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..