आदिवासी जनजाति समुदायका बालबालिकालाई विद्यालय ल्याउन पहल

हेटौडा । हरेक वर्ष झैँ यसपाली पनि देशभरका सरकरी विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालनमा छ ।

विद्यालय बाहिरका बालबालिका भर्नाको चर्चा भइरहँदा मकवानपुरमा भने आदिवासी, जनजाति समुदायका बालबालिकालाई विद्यालय ल्याउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् । मकवापनुरको विकट स्थान मनहरि ज्यामिरेमा चेपाङ, बनकरिया, बोटे जातीका नागरिकको बसोबास छ ।

सुविधा र पहुँचभन्दा बाहिर रहेका यहाँका बालबालिकालाई विद्यालयमा भर्ना गरी दक्ष जनशक्ति बनाउन आवश्यक रहेको बताउनुहुन्छ, ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री यूवराज दुलाल ।

चेपाङ बस्तीका अधिकांश बालबालिका शिक्षाको पहुँचभन्दा टाढा रहेको तथ्याङ्क छ । भर्ना अभियानको समयमा आएका बालकालिकाको पढाइमा निरन्तरताका लागि पनि विशेष ध्यान दिइने ३ नम्बर प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक दिनेशकुमार श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

ज्यामिरेमा १८ प्रतिशत चेपाङ र बोटे जातिका नागरिकको बसोबास छ । सरकारको भर्ना अभियानले शुल्क अभावका कारण पढ्न नपाएका बालबालिकालाई सहयोग पुगेको छ ।

मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती आफ्नो गाउँपालिकामा लोपोन्मुख जातिको बसोबास रहेको भन्दै उनीहरुका बालबच्चालाई विद्यालय ल्याउन विभिन्न छात्रावृत्ति, पोशाक लगाएतका विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ ।

३ नम्बर प्रदेश शिक्षा निर्देशनालयका अनुसार मकवानपुर जिल्लामा मात्र भर्ना अभियानको क्रममा कुल विद्यार्थी संख्याको १० देखि १५ प्रतिशत बालबालिकाले नाम लेखाएका छन् ।

ज्यामिरेका मात्र होइन आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई भर्नासँगै उनीहरूलाई टिकाइ राख्नका लागि पनि स्थानीय सरकार र सरोकारवाला निकायको ध्यान जानुपर्छ ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..