१० महिने छोरीलाई आगो लगाई हत्या गर्ने बुबाआमा प्रहरी नियन्त्रणमा

दार्चुला । दार्चुलामा आफ्नै छोरीलाई आगो लगाई हत्या गरेको आरोपमा बुबाआमालाई प्रहरीले पक्राउ गरेको छ ।

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ५ चुकपानीमा बुबाआमाले मिलेर १० महिने छोरीलाई जिउँदै जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

व्याँस गाउँपालिका वडा नम्बर ५ चुकपानी बस्ने बुबा नवीन विष्ट र आमा शिला विष्टले आफ्नै छोरी अनुस्का विष्टलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो ।

बिहीबार राति १० महिने छोरी अनुस्कालाई घरभन्दा अढाई मिटर टाढा खरको थुप्रोमा राखेर आगो लगाई हत्या गरिएको भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि धौलाकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अमिर रावल नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । बुवा नवीन विष्टले आफूले नै आगो लगाइ हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..