आगलागीमा परेर सल्यानमा २ जनाको मृत्यु

सल्यान । सल्यानका बिभिन्न सामुदायिक बनमा भएको आगलागीमा परेर २ जनाको मृत्यु भएको छ ।

छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिका भित्रका बनमा भएको आगलागीमा परेर २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । छत्रेश्वरी गाउपालिका ६ मा रहेको भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा आज बिहान जलेर सिमपानी निबासी ६५ बर्षिय पेन्टी बोहराको मृत्यु भएको छ ।

अर्का स्थानीय ४० बर्षिय खगेन्द्र बोहरा गम्भिर घाईते हुनुभएको छ । यस्तै गत बैशाख २४ गते घरबाट हराएका शारदा नगरपालिका ९ दुवेरीका अन्दाजी ६३ बर्षिय गोर्बधन पुनको पनि आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले खोजी कार्य गर्दा काफल पानी सामुदायिक बनमा हिजो बेलुका मृतअबस्थामा फेला परेको प्रहरीको भनाई छ ।

सामुदायिक बनमा भएको आगलागी बस्तीमा आउदा छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकामा गरेर दर्जन घर जलेर नष्ट भएका छन् । केही दिन यता जिल्लाका बिभिन्न सामुदायिक बनमा भएको आगलागीले करिब २ हजार हेक्टर बढी बनजंगलमा क्षती गरेको डिभिजन बनकार्यालय सल्यानका डिभिजनल बन अधिकृत थीरबहादुर कार्कीले बताउनुभयो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..