बोको हरामविरुद्ध लड्ने सयौ बालबालिका फर्काइए

नाइजेरिया । नाइजेरियामा आतंकवादी गतिविधिमा संलग्न हुँदै आएको बोको हराम समूह विरुद्ध लड्ने सशस्त्र समूहका ९ सय बालबालिका घर फर्काइएका छन् ।

युनिसेफका अनुसार बोको हरामविरुद्ध लड्ने समूह सिभिलिएन जोइन्ट टास्क फोर्स सिजेटिभीमा भर्ती भएका बालबालिका घर फर्काइएका हुन् । जसमध्ये १ सय ६ जना किशोरी रहेका छन् ।

नाइजेरियामा आतंकवाद विरुद्ध लड्न सन् २०१३ देखि सिजेटिएफ शसस्त्र समूहको स्थापना भएको थियो । त्यस समूले बोको हरामविरुद्ध लड्न बालबालिकालाई आफ्नो समूहमा भर्ती गर्ने गरेको छ ।

सन् २०१३ देखि २०१७ सम्ममा नाइजेरियामा २५ सय बालबालिका सिजेटिएफमा भर्ती भएको युनिसेफको अध्ययनले देखाएको छ ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..