
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित हेलम्बु ट्रेल म्याराथनको उपाधि गोरखाका भिमबहादुर गुरुङले जित्नुभएको छ ।
रसुवाको छोलाङपाटि गोसाईकुण्ड हुँदै हेलम्बुको मराम्ची सम्मको निर्धारित ४२ किलोमिटरको दुरी ५ घण्टा ७ मिनेट ७ सेकेण्डमा पुरा गर्दै गुरुङले उपाधि जित्नुभएको हो । महिला तर्फ भने जुम्लाका सुनमाया बुढा पहिलो हुनुभएको छ ।
बुढाले निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पुरा गर्दै नगद ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै ओखलढुङ्गाका सुमन कुलुङले ५ घण्टा ११ मिनेटमा दौड पुरा गर्दै दोश्रो हुनुभएको छ । उहाँले नगद ३० हजार सहित खुकुरी पुरस्कार स्वरुप प्राप्त गर्नुभयो ।
तेश्रो हुनु भएका सोलुखुम्बुका कल्साङ तामाङले ६ घण्टामा दौड पुरा गर्दै नगद १५ हजार सहित डम्फु पुरस्कार प्राप्त गर्नुभएको छ ।
दोश्रो हुनुभएका खोटाङका प्रिया राईले ७ घण्टा २५ मिनेटमा दुरी पुरा गर्दे नगद ३० हजार पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै ओखलढुङगाका छोकी शेर्पाले ८ घण्टा ७ मिनेट ३७ सेकेण्डमा दुरी पुरा गर्दे तेश्रो स्थान हासिल गर्नुभएको छ ।