सन्दिप भोली स्वदेश फर्कदै

काठमाडौ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने भोली स्वदेश फर्कनु हुने भएको छ ।

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर सन्दिप भोली स्वदश फर्कन लाग्नुभएको हो । सन्दीप भोली अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो ।

आईपीएलमा सन्दीपले खेलेको दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङसंग पराजित भएको थियो ।

दिल्ली फाइनल पुग्न असफल भएपछि सन्दीप स्वदेश फर्कन लाग्नुभएको हो । यो सिजनमा सन्दीपले ६ खेल खेल्दै ८ विकेट लिनुभएको थियो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..