कानभित्र माकुराले जालो बनाएपछि !

काठमाडौँ २८ बैशाख  चीनमा भएको एउटा घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैइरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए ।

ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना हैरान भए । किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो ।

पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्काेपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो । डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो पनि बनाइरहेको थियो ।

डाक्टरले औषधीका केही थोपा ली को कानमा राखेपछि कानभित्र रहेको माकुरा बाहिर निस्कन बाध्य भयो ।

यो पूरै प्रक्रियलाई रेकर्ड गरेर अनलाइन शेयर गरिएको थियो ।

यदी कसैलाई पनि धेरै नै कान चिलाउने समस्या छ भने तुरुन्त चिकित्सककाेमा उपचारका लागि जान सुझाएका छन् ।   एजेन्सी

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..