
कालिकोट। विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको कालिकोटमा यो वर्ष भने समयमै पाठ्यपुस्तक आइपुगेको छ ।
सरकारले पहाडी जिल्लामा चैत मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि कालीकोटका विद्यार्थीको हातहातमा समयमै पाठ्यपुस्तक पुग्ने भएको होे ।
नयाँ शैक्षिकसत्रको शुरुवातसँगै वैशाख पहिलो सातामै कालिकोटका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने उद्देश्यले डिपो कार्यालयले चैत्र मसान्तमै पाठ्यपुस्तक उठाएपछि समयमै यो वर्ष कालिकोटमा आइपुगेको सयुंतm पाठ्यपुस्तक डिपो कालिकोटका अध्यक्ष राजकुमार शाहिले बताउनु भयो ।
कालिकोटमा अहिलेसम्म कक्षा १ देखि १० सम्मका दुईहजार पाँचसय सेट पाठ्यपुस्तक आइपुगेको र कक्षा ५ को मात्र जनक शिक्षा सामग्रीले छपाइनै शुरु नगरेका कारणले पुस्तक नआइपुगेको शाहिले बताउनुभयो ।
अब बाँकी एकहजार सेट पुस्तक आउन बाँकी छ । त्यो पनि केहि दिनमै आउने जनाइएको छ । शाहीले सूचना गरेर कालिकोटका सवै विद्यालयहरुलाई चैत्र ४ गते पुस्तक दिने जानकारी गराइसकेको बताउनुभयो ।