१२ औं संस्करणको आईपीएल उपाधिका लागि आज चेन्नई र मुम्बई खेल्दै

काठमाडौ । भारतमा जारी १२ औं संस्करणको उपाधिका लागि आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नईलाई क्वालिफायरमा पराजित गर्दै आईपीएल उपाधिका लागि स्थान सुरक्षित गरेको थियो ।

क्वालिफायरमा पराजित बनेको महेन्द्र सिंह धोनीको चेन्नईले दोस्रो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने आजको खेल राति ८ बजेबाट सुरु हुनेछ । चेन्नई आठौं पटक फाइनलमा पुगेको हो भने मुम्बई चौथों पटक फाइनलमा पुगेको हो ।

Kantipath News
inkhadka@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..