
धनकुटा । १४ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आयोजक धनकुटा र झापाबीच खेल हुने भएको छ ।
यसअघि हिजो धनकुाटाको तल्लो टुँडिखेलमा भएको खेलमा मोरङको विन्ध्यबासिनी फुटबल क्लवले जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
उद्घाटन खेलमा भातरको रोयल फुटबल क्लवलाई सडेन डेथमा पराजित गर्दै विन्ध्यबासिनी सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो ।
ट्राइबेकरमा पनि दुवै टीम बराबरीमा नै रोकिएपछि खेल सडेन डेत्थमा धकेलिएको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ४ लाख र ट्रफी, उपविजेताले २ लाख र ट्रफी प्राप्त गर्ने छन ।