जावलाखेललाई सिन्धुकप फुटबलको उपाधि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघुमा सम्पन्न चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युथ क्लब काठमाडौंले जितेको छ ।

फाइनल खेलमा ए डिभिजनको जावलाखेल युथ क्लबले गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २(० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

१० खेलाडीमा सिमित जावलाखेललाई जित दिलाउन डुवेल बोरिसले दुई गोल गरेका थिए । खेलको १८ औं मिनेटमा बोरिसले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा बोरिसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई च्याम्पियन बनाएका हुन् ।

खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । प्रतियोगिताको विजेता जावलाखेल युथ क्लबल ले ५ लाख हात पारेको छ ।

यस्तै उपविजेता बनेको गोर्खा ब्वाईज क्लब ले २ लाख ५० हजारमा चित्त बुझाएको छ । युथ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

Kantipath News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..